Comments Add Comment

कांग्रेसले भन्यो : प्रदेश ५ मा सत्तारुढ दलले पेल्न खोजेपछि मुठभेट

२० असोज, काठमाडौं । नेपाली कांंग्रेसले प्रदेश ५ को राजधानीका विषयमा सत्तारुढ दलले पेलेर आफ्नो निर्णय लाद्न खोज्दा तोडफोड भएको बताएका छन् ।

मंगलबार प्रदेशसभामा बोल्दै विपक्षी दलका नेता वीरेन्द्र कनोडियाले सत्तारुढ दलले बहुमतको आडमा पेलेर जान खोज्दा मुठभेड भएको प्रष्टिकरण दिएका हुन् ।

‘यदि मुख्यमन्त्रीजीले ३ दिन यो प्रस्तावलाई छलफल गरेको भए यो परिस्थिति निर्माण नै हुने थिएन,’ उनले भनेऽ ‘उहाँहरु मुठभेडमा जानुभयो । बहुमतको दम्भमा पेलेर देखाउँछौं भनेर लाग्नुभयो । संख्यामा सानो होस् चाहे ५ जना होस् चाहे एकजना होस् विपक्षीको सधै‌ं  सम्मान गर्नुपर्छ ।’

सरकारको अदूरदर्शिताका कारण संसदीय मर्यादा विपरीतका घटना भएको कनोडियाले बताए । प्रदेशसभामा संसदीय मर्यादा विपरीत भएको तोडफोडको काम दु:खद भएको उनले बताए । ‘अब यसलाई विस्मृतिमा राखेर नयाँ संवादको थालनी गरौं’ कनोडियाले भने ।

मुख्यमन्त्री शंकर पोखरेलले नयाँ ठाउँमा राजधानी बनाए पनि बुटवल र रुपन्देहीको संवेदनशीलतालाई पनि साथै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएकाले आफूहरु प्रदेशसभामा छलफल गर्न तयार भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment