+
+
Shares

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १६:०६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल ललितपुरस्थित मुख्य कार्यालय रहेको सिजि मोटो कर्प प्रालिबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटो कर्पका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरे ।

सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार बैंकका ग्राहकले सुजुकी ब्राण्डको गाडीको आधिकारिक बिक्रेता सिजि मोटो कर्प बाट नयाँ गाडी खरिद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आˆना ग्राहक वर्गहरुलाई किसिमको कर्जा प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?