+

यो वर्ष लिगलिगे दौड नहुने

२०७७ असोज  २० गते १६:४४ २०७७ असोज २० गते १६:४४
यो वर्ष लिगलिगे दौड नहुने

२० असोज, गोरखा । कोरोना महामारीका कारण यो वर्ष लिगलिगे दौड नहुने भएको छ । विगत दश वर्षदेखि उक्त प्रतियोगिता हुँदै आएको थियो ।

पालुङटारको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किलोमिटरको दूरी पार गर्नुपर्ने उक्त प्रतियोगिताका बिजेतालाई राजा घोषित गरिन्थ्यो । श्रीपेच र पगरी लगाएर बजार परिक्रमा गराइन्थ्यो । तर कोरोना महामारीको परिस्थितीलाई मध्यनजर गर्दै यो वर्ष दौड हुने सम्भावना नरहेको पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले जानकारी दिए । सो प्रतियोगिताका लागि पालिकाले पाँच लाख रुपैयाँ रकम छुट्याएको थियो ।

यो वर्ष दौड नहुने पक्का भएको लिगलिग विकास अभियानका अध्यक्ष पूर्णबहादुर राना मगरले बताए । ‘अहिले कोरोना छ, २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने छ, दौड गर्दा मानिसको संख्या धेरै हुन्छ, त्यसैले यो वर्ष प्रतियोगीता हुदैन,’ उनले भने ।

गोरखा म्याराथुन दौड पनि प्रभावित

कोरोना महामारीकै कारण यो वर्ष गोरखा म्याराथुन दौड प्रतियोगिता हुन सकेन । गत वर्ष भदौ २५ गते प्रतियोगिता भएको थियो । नेपाली सेनासँगै जिल्लाका तीन स्थानीय तह (सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका) ले संयुक्त रुपमा प्रतियोगीता आयोजना गरेका थिए ।
प्रत्येक वर्ष प्रतियोगितालाई निरन्तरता दिने बताइएको थियो । तर यो वर्ष कोरोनाका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको पालुङटार नगरपालिकाका मेयर कँडेलले बताए ।

‘नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उदेश्यले गत वर्षबाट प्रतियोगिता सुरु गरेका थियौ,’ उनले भने, ‘वर्षेनी निरन्तरता दिने भन्ने थियो तर कोरोनाले यो वर्ष गर्न सकेनौ ।’

उनका अनुसार प्रतियोगीताका लागी पालुङटारले चार लाख रकम समेत विनियोजन गरेको थियो । पालुङटार नगरपालिकाको लिगलिगकोदेखि सिरानचोक गाउँपालिकाको हर्मी हँुदै गोरखा दरबारसम्मको करिव ३८ किलोमिटर दूरीको उक्त रुटलाई पदमार्गको रुपमा विकास गर्ने योजना समेत रहेको थियो ।

लिगलिगे दौड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय