Comments Add Comment

हिरोको नयाँ मोटरसाइकल बजारमा आउने

२० असोज, काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ । हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको छ ।

अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु-उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ ।

जसको बजार मूल्य हाललाई रु.२ लाख २० हजार. कायम गरिएको छ । यो नयाँ मोटरसाइकल नेपालभर सबै प्रमुख शहरहरुमा रहेको हिरो डिलरसिप कहाँ यही आश्विन २३ गतेबाट बिक्रीको लागि उपलब्ध हुनेछ ।

विश्वसनीय कार्य क्षमता एवं अद्भूत सवारी अनुभव सँगै स्टाइलिस नयाँ विशेषताहरुको संयोजनले भरपूर यो नयाँ ग्ल्यामरमा आइबिएस -एकीकृत ब्रेकिङ्ग प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको छ ।

आइबिएसको सुरक्षाले गर्दा चालकलाई समग्र भूभागहरुमा आराम र वास्तविक सडकको उपस्थितिका साथ दिनभर बाधा अड्चनहरु प्ार गर्न मद्दत पुग्नेछ ।

यसको स्टाइल उपलब्धि र चमत्कारी स्वरुपमा थप गरिएका अन्य विशेषताहरु मा थ्री डि ब्राण्डिङ्ग प्रतिरुप, नवीनतम धर्काहरु, स्प्िलट रियर गि्रप,हगर फेण्डर र रिम टेपहरुका साथाथै युएसबी चार्जर पनि रहेका छन् ।

भारतको जयपुर, राजस्थानमा रहेको हिरो मोटोकर्पको विश्वस्तरीय आर एण्ड डि केन्द्र, ‘अनुसन्धान तथा प्रविधि केन्द्र’ -सीआइटी) ले यो नयाँ हिरो ग्ल्यामरको डिजाइन तथा विकास गरिएको हो ।

बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने ‘हिरो मोटोकर्पको विश्वव्यापी व्यवसायिक रणनीतिमा नेपालको बजारले एक अर्थपूर्ण स्थान ओगटेको छ । हामीले पहिले नै यहाँको बजारमा मजबुत एवं लोकप्रिय हिरो उत्पादनहरु उपलब्ध गराइसकेका छौं र हिरो सुपर स्प्लेण्डर उपलब्ध गराएलगत्तै यो नयाँ हिरो ग्ल्यामर पेश गर्नुले हाम्रा ग्राहकहरुमाझ हिरोको थप उत्पादन विस्तार गर्न सहयोग पुगेको छ ।’

नेपालमा हाल उपलब्ध भैरहेका हिरोका उत्पादनहरुमा एक्सपल्स २००, एक्सपल्स २००टि, एक्स्िट्रम २००आर, एक्स्िट्रम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरु र डेस्टिनि, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कूटरहरु रहको छ ।

हिरो मोटोकर्पले नेपालमा सन् २०१० देखि नेपाल जनरल मार्केटिङ्ग लिमिटेड (एनजिएम) संग मिलेर आफ्नो उत्पादनको बिक्रीप्रारम्भ गरेको हो र एनजिएम हिरो मोटाकेर्पको नेपालको लागि एकमात्र आधिकारिक वितरक हो ।

हिरोले आफ्ना ग्राहकहरुलाई नेपालमा रहेका २५० सम्पर्क स्थलहरु लगायत ७२ डिलरसिप, ८२ सर्भिस केन्द्रहरु र १०० भन्दा धेरै स्पेयर पार्ट बिक्री केन्द्रहरुको वृहत् सञ्जालमार्फत् गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

नयाँ हिरो ग्ल्यामर

स्टाइल र कार्य क्षमताको समिश्रण भएको ग्ल्यामर बिएस-आइभि जडित १२५ सिसि इन्जिनले चल्दछ, जुन इन्जिन७५०० आरपिएममा ११.१ बिएचपिको शक्तिशाली परिणाम र ६५०० आरपिएममा ११ एनएमको टर्कयुक्त छ ।

हिरोको क्रान्तिकारी आइथ्रीएस (आइडल स्टार्ट अप सिस्टम) प्रविधिले शहरी क्षेत्रको रोक्ने-जाने ट्राफिक अवस्थामा सुविधा प्रदान गर्नुका साथै इन्धन खपतमा पनि बचत गरिदिन्छ ।

यसको बेजोड र पि्रमियम थ्री डि प्रतिरुप डिजाइनले यसलाई साहसिक स्टाइलको बनाइदिएको छ भनें यसको अँग्रेजी भि आकारको हेडलाइट, जुम्ल्याहा पाइलट बत्तीहरु, आफ्नै किसिमको एलइडि लाइट निर्देशित पुच्छ्रे बत्ती र अँग्रेजी वाइज नाउने स्टाइलिस काँस्य पाङ्ग्राहरु मोटरसाइकलको समकालीन स्वरुपमा थपिएका छन् ।
बढाइएको ट्याँकको सुन्दरता, नयाँ फेण्डर हगर र राँभो आकार दिइएको पृष्ठभागको बस्ने स्थानले बाइकको साहसिक अवस्था एवं उत्कृष्टता लाई विस्तार गरिदिएको छ ।

प्रभावकारी कार्य क्षमता र अतुल्य डिजाइनका अलावा यो मोटरसाइकलमा सुविधा र उपयोगीता विशेषताहरु पनि भरपूर रहेका छन्, जस्तैः आइथ्रीएस संकेतसहितको एनलग डिजिटल स्पीडमिटर, डिजिटल इन्धनगेज, नयाँ सीट टेक्स्चर, र ट्युबरहित टायरहरु ।

नयाँ आईबिएस विशेषताले बाइक चालकलाई कुनै पनि अवस्थामा बाइक हाँक्दा जब पछाडिको ब्रेक लगाइन्छ, तब अगाडी र पछाडि दुवै ब्रेक लाग्ने गरिएको ब्रेक वितरण प्रणालीले थप सुरक्षा प्रदान गर्दछ । यो नयाँ ग्ल्यामरमा सजिलै उकालो चढ्न सक्ने क्षमता पनि रहेको छ ।

नयाँ ग्ल्यामर सेल्फ-स्टार्ट, डिस्क ब्रेकहरु, कांस्य पाङ्ग्राहरु, र क्याण्डी ब्लेजिङ रातो, टेक्नो ब्लु मेटालिक र कालो रङ्गहरुको दोहोरो रङ्गको बडी ग्राफिक्सका साथ उपलब्ध छः नयाँ ग्ल्यामरले आकाँक्षी युवाको लागि स्टाइल अझ बढाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment