Comments Add Comment

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकलाई

२१ असोज, काठमाडौं । यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकलाई प्रदान गरिएको छ । बुधबार फ्रान्सकी इम्यानुअल्ले कार्पेन्टियर र अमेरिकाकी जेनिफर ए डोउड्नालाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गरिएको हो ।

द रोयल स्विडिस एकेडेमी अफ साइन्सले उनीहरुलाई ‘जीनोम इडिटिङ’ को तरिका पत्ता लगाएकोमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । यो मानिसको जीवनको कोड (जीन) परिवर्तन वा सुधार गर्ने तरिका हो ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा यो पुरस्कार प्रदान गरिँदै आएको छ । अहिलेसम्म चिकित्सा, भौतिकशास्त्र र रसायनशास्त्र गरी तीन विधाको नोबेल पुरस्कारको घोषणा भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment