+
+
Shares

ग्लोबल आइएमई र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १७:५२

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्झौता

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?