+
+
Shares

२२ सम्पादकको संयुक्त वक्तव्य : डा. केसीसँग अविलम्ब वार्ता थालियोस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १५:२०

२१ असोज, काठमाडौं । विभिन्न सञ्चार माध्यममा कार्यरत २२ जना सम्पादकहरुले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न सरकारसँग आग्रह गरेका छन् ।

बुधबार एक संयुक्त वक्तव्य जारी गर्दै सम्पादकहरुले राष्ट्रिय सरोकारसँग जोडिएका डा. केसीका मागबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘विश्वव्याधि कोरोना भाइरस संक्रमणका उत्पन्न कोभिड १९ ले हाम्रो देश पनि जेलिएका बेला डा. केसीको सत्याग्रह चलिरहेको छ’ सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘सत्याग्रही केसीले यो १९ औं अनशनका क्रममा उठाएका मागहरू सरकारले सम्बोधन गर्न चाहेका राष्ट्रिय सरोकारसँग समेत जोडिएका छन् ।’

सरकारले वार्ताको थालनी गरेको भनिए पनि सार्थक वार्ता अहिलेसम्म सुरु नभएको भन्दै सम्पादकहरुले तत्काल सार्थक वार्ता सुरु गर्न सरकारसँग आग्रह गरेका छन् । जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा. केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ ।’

सरकारले वार्ता टोली बनाउनु सकारात्मक भएको उल्लेख गर्दै वक्तव्यमा अगाडि भनिएको छ, ‘हामीले यो सामूहिक वक्तव्य जारी गर्नै लाग्दा भर्खरै वार्ता टोली बनेको खबर छ । यसले निर्णायक म्यान्डेटसहित सार्थक अग्रसरता तुरुन्तै देखाउनुपर्छ । अनावश्यक ढिलाइ कसैको हितमा हुने छैन ।’

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुमा अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, बसन्त बस्नेत, राजन पोखरेल, राजेन्द्र दाहाल, शिव गाउँले, सन्जीव सतगैंया, सुधीर शर्मा, सुभाष घिमिरे, हरिबहादुर थापा र युवराज घिमिरे छन् ।

हेर्नुहोस् सम्पादकहरुको वक्तव्य

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?