+
+
Shares

कोरोना संक्रमणबाट बुटवलमा थप एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते १४:५७

२२ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका-६ का ८० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । अस्पताल भर्ना भएकै दिन उनमा संक्रमण पुष्टि भएको थियो । गौतमका अनुसार उनी मधुमेह र उच्च रक्त चापका बिरामी थिए ।

योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?