Comments Add Comment

टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि

२२ असोज, काठमाडौं । नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ । ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दै कम्पनीले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ ।

सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाको अनुसार गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढिरहेको छ ।

‘सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्री पश्चातको सेवालाई उच्च प्राथमिकता दिँदै आइरहेको छ र यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्ने छ,’ कम्पनीले भनेको छ ।

यसका  साथै राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइल वर्कसपबाट सेवा प्रदान गर्दै नै आइरहेको छ । जसअन्तर्गत २४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन नेपाल टेलिकम भए १६६००१५५७७७वा एनसेल भए ९८०१५७५७७७ मा एक कल फोन गर्दा समस्याको छिटोभन्दा छिटो समाधान पाइन्छ ।

धार्के वर्कशपमार्फत ग्राहकहरुले टाटा कमर्सियल गाडीहरुको सम्पूर्ण सर्भिस तथा मर्मत सेवा प्राप्त गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment