+
+
Shares

आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार   

रासस रासस
२०७७ असोज २२ गते १७:५१
फाइल तस्वीर

२२ असोज, झापा । बाहुनडाँगीमा बुधबार एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् ।

विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पुर्‍याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जङ्गलभित्र बेहोस बनाउने गोली हानेर समातेको थियो ।

चितवनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले घाइते हात्तीको उपचार गरेको हो । चितवनबाट औषधि बोकेर चार जनाको टोली आएको थियो ।

बाहुनडाँगीको जङ्गलमा सो हात्ती देखा परेको सूचनाका आधारमा वन कार्यालयबाट खटिएको टोलीले पछ्याउँदै जाँदा तेलपानी सामुदायिक वनको तीन किलोमिटर भित्र झाडीमा लुकिरहेको अवस्थामा फेला पारिएको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

बिहान १० बजे एक पटक र त्यसको एक घण्टापछि अर्को पटक बेहोस बनाउने औषधि मिसाइएको गोली हानिएपछि मात्र हात्ती बेहोस भएर ढलेको थियो । बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । बेहोस बनाउन र उपचारको प्रक्रिया पूरा गर्न टोलीलाई तीन घण्टा लागेको थियो ।

चिकित्सक टोलीका प्रमुख डा श्रेष्ठले हात्तीको दाहिने आँखा धेरै पहिले चोटका कारण फुटेको र शरीरका विभिन्न अङ्गमा तिखो भाला तथा तीरले घोपिएका घाउ भेटिएको बताए । ‘दाहिने आँखाको ज्योति गुमिसकेको रहेछ, देब्रे आँखाको दृष्टि पनि न्यून छ’, वरिष्ठ पशुचिकित्सक डा. श्रेष्ठले भने, ‘घाउचोटको उपचार गरेका छौँ ।’ उपचार सकिएलगत्तै हात्ती व्युँझिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?