Comments Add Comment

सामसङ ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला

२२ असोज, काठमाडौं । नेपालको विश्वासिलो ब्राण्ड सामसङले ग्यालेक्सी जेट फोल्ड२ स्मार्टफोनको  प्रि-बुकिङ नेपाली बजारमा खुल्ला गरेको छ । ग्यालेक्सी जेट फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।

अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड२ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो ।

अझ ठूलो कभर स्क्रीन, ठूलो स्क्रीन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।

“सामसङ सदैब सिर्जनशीलताको दायरा बढाउन विश्वास गर्दछ । हामीले ग्यालेक्सी जेट फोल्ड२ सँगै ग्राहकहरुलाई  अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्दै भविष्य तर्फ अझ सशक्त एक कदम अगाडि बढेका छौं । हामी हार्डवेयर तथा  ग्राहकहरुको अनुभवलाई परिष्कृत गर्दै मोबाइल डिभाइसको सम्भावनाको नयाँ युगको सुरुवात गर्दछौ,” सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने, “सामसङ ग्यालेक्सी जेट फोल्ड२ नेपालमा पहिलोपल्ट ल्याउन पाउँदा हामी एकदम उत्साहित छौं । हामी सामसङ प्रेमीहरुको व्यग्रतालाई बुझेका छौं । फोल्ड टेक्नोलोजीमा सबैभन्दा एड्भान्स मेकानिज्म भएको सामसङ ग्यालेक्सी जेट फोल्ड२ को लागि वहाँहरुको प्रतिक्षाको घडी, अब सकिएको छ ।”

इमरसिभ कन्टेन्ट एक्सपिरेन्स

ग्यालेक्सी जेट फोल्ड२ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको  छ ।

ग्यालेक्सी जेट फोल्ड२, १५.७४ से मी (६.२ इन्च), इनफिनिटि-ओ स्क्रीन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफुलाई मन परेको कन्टेन्ट मज्जाले हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी -७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।

सोलिड डिजाइन

ग्यालेक्सी जेट फोल्ड२, विशेष तथा परिष्कृट डिजाइनसँगै रि-इन्जिनियरिङ गरिएको छ  जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसङ अल्ट्रा-थिन ग्लास मेन स्क्रीनमा राखिएको छ । जसले पि्रमियम तथा  परिष्कृट डिस्प्ले अनुभन दिन्छ । यस्को डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । सिएएम मेकानिज्म भित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ । ग्यालेक्सी जेट फोल्ड२ मा विशेष स्विपर टेक्नोलोजी प्रयोग गरिएको छ , जसले मोबाइल र हिन्ज हाउजिङको ग्यापको बीचमा धुलो र अनावश्यक पार्टिकल्सलाई हटाउदछ ।

आफूले चाहेजस्तै

कभर र  मेन स्क्रीन बीचमा बाउन्ड्री विस्तार गरी  विस्तारित क्षेत्रको उपयोगीता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ ।  यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीहरुको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्दछ ।

लचिलोपन 

यसको फ्लेक्स मोडले गर्दा यस फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले तपाइँलाई क्यामरा एप लाई छोड्नु नै पर्दैन । तपाइँले स्पष्टसँग फोटो वा भिडियोहरुको मोस्ट रिसेन्ट पाँच वटा तस्वीर वा भिडियो मेन स्क्रीनको तल पट्टी देखा पर्दछ  र अर्को फोटोको पि्रभ्यू टप हाफमा देखा पर्दछ ।  ग्यालेक्सी जेड फोल्ड २ मा हृयाण्डस् फ्रि को अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थ्ाामा पनि विषय निर्धारण गर्न सकिन्छ ।

 सिर्जनशीलता

एकै समयमा मेन र कभर स्क्रीनको प्रयोगले ड्युयल पि्रभ्युको सुविधा प्राप्त हुन्छ र दुबै पक्षले क्याप्चर भएको कुरा देख्न सक्नुहुने छ । यसमा उच्चस्तरीय सेल्फी खिच्नको लागि कभर स्क्रीनमा भ्यूफाइन्डरको रुपमा राखिएको छ ।

फ्ल्यागसिप क्यामरा फिचर

यस फोनमा विशेष तहको फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा विद्यमान रहेको छ । यसमा भएका प्रो भिडियो मोड,  सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले ग्यालेक्सी जेड फोल्ड २ मा एकदमै उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

हरेक पलअविस्मरणीय

नेक्स्ट जेनेरेसन मोबाइल  ग्यालेक्सी जेड फोल्ड २मा नवीनतम तरिकाबाट प्रयोग भएको मल्टिटास्किङ्ग क्षमतालाई हामी सबैले विशेष धन्यवाद नै दिनु पर्दछ । यस फोनको फोल्डेबल सुविधाले वास्तवमै मेन स्क्रीनलाई टेलरिङ्ग गरी ट्यावलेट आकारको बनाउन सकिने सुविधा प्रदान गर्दछ र प्रयोगकर्ताहरुले यसको भरपूर उपयोग गर्न सक्नुहुने छ ।

वृहत मल्टिटास्किङ्ग सुविधा

अझै धेरै सहजता एवं मल्टि टास्किङ्ग सुविधाको लागि एडभान्स मल्टि टास्किङ्ग विन्डोको प्रयोग गर्न सकिन्छ । एउटै एपमा मल्टि फाइलहरु खोलेर एकै पटक हेर्न र कार्य गर्न सकिने सुविधा यसमा रहेको छ । अझै राम्रोसँग सुधारिएको मल्टि टास्किङ्ग टे्रमा प्रयोगकर्ताहरुले एकै पटक धेरै एपहरु खोलेर एप पियर तथा एज प्यानलमा एकै पटक इन्टि्रगेसन गर्न सक्नुहुन्छ । यसमा भएको ड्र्याग एण्ड ड्रप सुविधाले एउटा एपको टेक्स्ट, इमेज, डकुमेन्ट जस्ता विषयवस्तुहरुलाई सहजै अर्को एपमा ट्रान्स्फर गर्न सकिन्छ । त्यस्तै एउटा एपमा स्क्रीन क्याप्चर गरेर त्यसरी क्याप्चर गरिएको इमेजलाई अर्को एपमा स्ल्पीट स्क्रीन क्याप्चरको माध्यमबाट सहजै ट्रान्स्फर गर्न सकिन्छ ।

अप्टिमाइज्ड एपको प्रयोग

मेन स्क्रीनमा आफ्नो आवश्यकता अनुसारका अप्टिमाइज्ड यूआई को छनौट गरेर सहज एवं शीघ्र रुपमा ठूलो स्क्रीन र परम्परागत स्क्रीन बीच परिवर्तन गर्न सकिन्छ ।

अप्टिमाइड एप डिस्प्ले 

दैनिक जीवनका हरेक क्षणहरुलाई अझै बढी सुविधा एवं सहजता प्रदान गर्न र दृश्यावलोकनको अनुभवलाई अझै जीवन्तता दिन र ग्राहकवर्गहरुको मनपर्ने एपहरुको साथ जीमेल, युट्युव जस्ता एपहरु सहज रुपमा राखिएको छ ।

प्रोडक्टिभिटिको अभिवृद्वि

ग्यालेक्सी जेट फोल्ड२ ४५०० एमएएचब्याट्री दिनभर टिक्छ र सुपर फास्ट चार्ज हुन्छ । ग्यालेक्सी जेट फोल्ड२ ले वायरलेस सामसुङ डीईएक्स को सुविधा पनि दिन्छ जसले कामको प्रोडक्टिभिटिको अभिवृद्वि गर्दछ । डिभाइसमा रहेको यूडब्लुबी -अल्ट्रा वाइड ब्यान्ड टेक्नोलोजीले नियरबाई सेयर मार्फत छिटो र सहज फाइल, फोटो वा भिडियो सेयर गर्न सकिन्छ ।

मूल्य एवम् प्रि-बुक सुविधा

ग्यालेक्सी जेट फोल्ड २ को मूल्य रु २ लाख ४९ हजार ९९९ रहेको छ । ग्यालेक्सी जेट फोल्ड२ २०७७ साल असोज १९ गते देखि प्रि बुकका लागि उपलब्ध गरिएको छ । नेपालमा प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरुले ग्यालेक्सी जेट  फोल्ड २ मिस्टिक ब्ल्याक तथा मिस्टिक ब्रान्ज गरी विभिन्न दुई रंगमा छनौट गर्ने सुविधा प्राप्त गर्नेछन् ।

पि्र- बुक गर्नुहुने ग्राहकले ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाउनुहुने छ । साथै एकपटकको लागि एनएलजि इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment