Comments Add Comment

अनुपसँग अभिनय सिक्दै प्रदिप

नायक प्रदिप खड्का अहिले पोखरामा छन् । पोखरामा रहेर उनले कलाकार तथा निर्देशक अनुप बरालसँग तीन महिनाको अभिनय कोर्ष लिइरहेका छन् । उनले, अभिनयको कक्षा लिएको यो पहिलो पटक हो ।

नायक प्रदिप खड्का आफैमा राम्रो अभिनय गर्ने कलाकारमा पर्छन् । तर, पनि केही समय चलचित्रको कामबाट खाली बसेका प्रदिप अभिनय सिकेर आफूलाई झनै निखारिरहेका छन् ।

उनले, तीन महिनासम्म अनुपबाट अभिनयको कोर्ष एक्लै लिदैछन् । नायक खड्काले दैनिक ६ घन्टासम्म अभिनयको कोर्ष सिकिरहेका छन् । उनले, दशैंसम्म यो क्रम जारी रहने प्रतिक्रिया दिएका छन् । आफूलाई पहिलेदेखि नै अभिनय सिक्न मन लागेपनि त्यो मौका नमिलेको प्रदिपको तर्क छ । आफूलाई अभिनयका विभिन्न आयाम सिक्न मन लागेपनि व्यस्तताका कारण मौका नमिलेको र लकडाउनका कारण यो अवसर जुटेको प्रदिपको कथन छ ।

नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिजको लागि तयार छ । उनी, निर्देशक दिनेश राउतको चलचित्रमा काम गर्न तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment