+
+
Shares

राजेश बने सिङ्गिङ स्टार, पूर्णले जिते डान्सिङ स्टारको उपाधि 

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १३:०४

बार्सिलोना। डेनमार्क निवासी कलाकार राजेश लामाले इनास ग्लोबल सिङ्गिङ स्टार २०२० को उपाधि जितेका छन् । कोभिड- १९ का कारण  यसपटक अनलाइनमार्फत भएको प्रतियोगिताको उपाधि लामाले चुमेका हुन्।

प्रतियोगितामा नेपालबाट सहभागी शान्ति राई फर्स्ट रनरअप र र चेक रिपब्लिकका डा. विजय गुरुङ सेकेन्ड रनरअप बन्न सफल भएका छन्।

यस्तै इनास ग्लोबल डान्सिङ स्टारको उपाधि नेपालका पूर्ण लामाले चुमेका छन् । नेपालबाट नै सहभागी प्रतियोगी शेखर घर्तिमगर फर्स्ट रनरअप र रबिता मगर सेकेन्ड रनरअप बनेकी छिन्।

दुवै विधातर्फ उपाधि चुम्ने कलाकारलाई ५१ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने इनासले जनाएको छ। यस्तै दोस्रो र तेस्रोलाई क्रमश: २५ हजार र १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ ।

१० दिनभित्र नगदसहित डिजिटल प्रमाणपत्र उपलब्ध गराउने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ। कोभिडपछि एक कार्यक्रमकाबीच ट्रफी, प्रमाणपत्रसहित बिजेता कलाकारहरुलाई सम्मान गरिने बताइएको छ ।

दुवै विधातर्फका बिजेता कलाकारलाई इनासले एक वर्षका लागि अवैतनिक सदभावना दूतसमेत नियुक्त गर्ने भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गर्ने, चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्न पहल गरिने पनि इनासले जनाएको छ ।

फेसबुक पोष्टमार्फत प्राप्त लाइक संख्या तथा निर्णायकहरुको निर्णयको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?