Comments Add Comment

दाङमा वडाध्यक्षको निधन   

२३ असोज, दाङ । तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार बिहान साढे १० बजे बाटोमै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।

नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो ।

यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment