+
+
Shares

हेटौंडामा भीमफेदी–कुलेखानी सुरुङ मार्गको कार्यालय खुल्यो

राजन दाहाल राजन दाहाल
२०७७ असोज २३ गते १८:२४

२३ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी– कुलेखानी) आयोजनाको कार्यालय सञ्चालनमा ल्याएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहने गरी शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले उद्घाटन गरेका हुन् ।

मन्त्री फुयाँलले प्रदेशको गौरवको आयोजना मात्रै नभई देशकै गौरवको रुपमा सुरुङ मार्गको काम अगाडि बढाउने बताए ।

फागुनको पहिलो हप्ता टेण्डर, जेठमा सम्झौता

सुरुङ मार्ग आयोजनाका प्रमुख नवीनकुमार सिंहले आउँदो पुसको दोस्रो हप्तामा वातावरणीय प्रभाव मुल्यांकन (इआईए) प्रतिवेदन तयार भएपछि फागुनको पहिलो हप्ता निर्माणका लागि टेण्डर आह्वान गर्ने बताए ।

अहिलेकै गतिमा काम गर्न सके आउँदो जेठको तेस्रो हप्तासम्म निर्माण सम्झौता गर्न सकिने उनको दावी छ ।

कार्यालय प्रमुख सिंहका अनुसार मकवानपुरको भीमफेदी बजारबाट करिब २ किलोमिटर उत्तर पूर्वबाट ७ दशमलव ५ मिटर व्यास भएको दुईवटा सुरुङ मार्ग निर्माण हुनेछ ।

उनले भने ‘भीमफेदीबाट कुलेखानीसम्मको करिब १६ किलोमिटर जटिल भूवनोट, उच्च जोखिम, साँघुरो, घुमाउरो तथा अप्ठ्यारो सडकखण्डलाई ३ किलोमिटरमा घटाएर काठमाडौसँग हेटौंडा तथा तराई मधेशको दूरी अझ छोट्याउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ ।’

४० मिटरको फरकमा समानान्तर रुपमा साढे दुई किलोमिटर लामो दुई लेनको सुरुङ बन्नेछ । सुरुङभित्र ७५ मिटर र ३५ मिटर लम्बाइको दुई वटा पक्की पुलहरु बन्ने छन् ।

बाँकी सडक खण्डको स्तरवृद्धि

सुरुङ निर्माणसँगै हेटौंडाबाट काठमाडौं जोड्ने भैंसे–भीमफेदी सडक खण्ड तथा कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक खण्ड पनि दुई लेनमा स्तरोन्नति हुने छ ।

कुलेखानी–फाखेल–फर्पिङ सडक सुधार एवं स्तरोन्नति भइरहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?