+
+
Shares

काेराेना संक्रमणबाट भरतपुर २० का वडाध्यक्षकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १२:२५

२५ असाेज, चितवन । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका काेभिड संयाेजक डा. प्रमाेद पाैडेलले जानकारी दिए ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियाे ।

फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई भरतपुर अस्पताल ल्याइएकाे थियाे । मधुमेह, उच्च रक्तचापको समस्या भएका उनमा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको डा. पौडेलले बताए ।

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?