Comments Add Comment

सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२५ असोज, सप्तरी । सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका-७ ब्रहमपुर घर भई सदरमुकाम राजविराज वडा नम्बर ६ मा डेरामा बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

वडाध्यक्ष प्रेम यादवका अनुसार पछिल्लो केही दिन यता ज्वरो र रुघाकोखी देखिएकी महिलाको स्वाब संकलन गर्दा गत असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् ।

आइतबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई छिन्नमस्ता अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएको केही बेरमै उनको मृत्यु भएको वडाध्यक्ष यादवले बताए ।

मृतक महिला उच्च रक्तचाप र मधुमेह रोगबाट समेत पीडित थिइन् । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २० पुगेको छ । यसमध्ये तीन जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment