Comments Add Comment

उपासनाले म्यूजिक भिडियो नगर्ने

कोरोना महामारीका कारण विगत ७ महिनादेखि नेपाली चलचित्रका कलाकारहरुले चलचित्रको छायांकन गर्न पाएका छैनन् ।

तर, यतिबेला धेरै कलाकारका लागि म्यूजिक भिडियो आम्दानीको मुख्य श्रोत बनेको छैन । चलचित्रमा नाम चलेका कलाकारले हप्तामा ४ वटासम्म भिडियो गरिरहेका छन् । अहिले म्यूजिक भिडियोमा चलचित्र र टिकटकबाट आएका मोडलहरुको नै दबदबा छ भन्दा फरक नपर्ला ।

तर, नायिका उपासना सिंह ठकुरीले पनि म्यूजिक भिडियोको अफर अस्विकार गरिरहेकी छिन् । लकडाउनको समयमा उनले अफर आएका केही भिडियो अस्विकार गरेको बताइन् ।

भिडियो नगर्नुको कारण के त, उपासना भन्छिन्–‘त्यस्तो अरु खास कारण त केही पनि होइन । तर, म्यूजिक भिडियो अहिले गर्ने सोच छैन ।’

उपासनाले आफूलाई चित्तवुझ्ने अडियो पनि नभएर भिडियोमा काम नगरेको बताइन् । चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि चलचित्र क्षेत्रमा आशातित नायिकाको रुपमा उदाएकी उपासना रिभर्ज बसिरहेकी छिन् ।

भिडियोमा काम गर्दा उनको रिजर्भ बस्ने शैली तोडिनेछ । दर्शकले एक बर्षदेखि उनलाई चलचित्रमै प्रतिक्षा गरिरहेका छन् । उनले आफूलाई लकडाउनको समयमा आधा दर्जन बढी चलचित्रको स्क्रिप्ट आएको तर एउटामा काम गर्ने सुनाइन् । चलचित्रमा काम गर्दा स्क्रिप्टसँगै ब्यानर र टिम पनि हेर्ने उनको सोच छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment