Comments Add Comment

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तब्यमा अन्नपूर्ण सर्किट पनि

२५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले घुम्नैपर्ने १० गन्तब्य सूचीमा यो वर्ष नेपालको अन्नपूर्ण सर्किट परेको छ ।

विश्व चर्चित गन्तब्य अन्नपूर्ण सर्किटलाई यो सूचीमा समेट्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जंगल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषताका कारण अन्नपूर्णलाई घुम्नैपर्ने गन्तब्य भनेको हो ।

अन्नपूर्णको चूनौतिपूर्ण यात्रा रोमाञ्चक र उत्प्रेरक हुने भन्दै लोन्ली प्लानेटले पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउने उल्लेख गरेको छ ।

यस भेगमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालिगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न अन्नपूर्णलाई सुझाएको छ ।

घुम्नैपर्ने गन्तब्यको सूचिको एक नम्बरमा भने जोर्डनको पेट्रासीटीलाई राखिएको छ । दोस्रोदेखि नवौं स्थानमा क्रमशः इक्वेडरको गालापागोस, अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुन्ज, बोत्सवानाको ओकाभाङ्गो डेल्टा, उत्तर अमेरिकाको एल्लोस्टोन नेशनल पार्क, स्लोभानियाको ब्लेड लेक, अर्जेटिना र ब्राजिल सीमानास्थित इग्वाजु झरना, कम्बोडियाको अङ्कोर मन्दिर र बोलिभियाको सालर दी ले राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment