
फाइल तस्वीर
२५ असोज, सल्यान । गोरुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4