Comments Add Comment

७ दिनमा पलका आधा दर्जन भिडियो रिलिज

नेपाली म्यूजिक भिडियोमा दैनिक कती लगानी हुन्छ भन्ने आँकडा हेर्न नायक पल शाहले काम गरिरहेका म्यूजिक भिडियोको संख्या हेर्दा हुन्छ । लकडाउन खुलेपछि नेपालमा म्यूजिक भिडियो निर्माणमा त बाढी नै आएको छ । अधिकांश भिडियोमा नायक पल शाहले नै अभिनय गरेका छन् ।

रोचक कुरा त के छ भने, पछिल्लो एक सातामा पलका ७ वटा भिडियो रिलिज भएका छन् । अर्थात, हेरक दिन उनको एउटा भिडियो रिलिज भैरहेको छ । यस्तै, पललाई नै लिएर दैनिक एउटा म्यूजिक भिडियोको छायांकन भैरहेको छ । एक साता अगाडि करिब २० घन्टा ‘काले केटा २’ बोलको गीतको भिडियोलाई समय दिएर पलले अर्को भिडियोको छायांकन गरेका थिए । बिहान ४ बजेसम्म ‘काले केटा २’ बोलको गीतको भिडियोमा अभिनय गरेर पलले त्यसको केही घन्टापछि ‘मुखैमा रामाराम’ बोलको गीतको भिडियोलाई समय दिएका थिए ।

एउटा भिडियोबाट एक लाख पारिश्रमिक लिएका यी कलाकारले लकडाउनपछि भिडियोबाटै कती कमाए, सजिलै अड्कल लगाउन सकिन्छ ।

पल शाहले अभिनय गरेको ‘पौने ४’ बोलको गीत आज रिलिज हुँदैछ । उनी, अभिनित ‘मुखमा रामराम’ बोलको गीत आइतबार रिलिज भयो । १७ घन्टामा २ लाख बढी भ्यूज कमाएको यो गीतको भिडियोमा पलसँगै स्वस्तिमा खड्का र नाजिर हुसेनको मोडलिङ छ ।

पल शाहले अभिनय गरेको ‘किन यस्तो भो’ बोलको भिडियो यसै साता रिलिज भयो । यो गीत अहिले युटुब ट्रेन्डिङको छैटौ नम्बरमा छ ।

हेमन्त शर्माको स्वरमा समावेश पल अभिनित ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत पनि यसै साता रिलिज भयो । यो गीतले रिलिजको एक सातामा ११ लाख भ्यूज बटुलेको छ ।

पलले नै अभिनय गरेको ‘काले केटा २’ बोलको गीत पनि यसै साता रिलिज भयो । यो गीतले रिलिजको २ दिनमा ६ लाख बढी भ्यूज बटुलेको छ भने युटुबको ५ नम्बर ट्रेन्डिङमा छ ।

पलले नै अभिनय गरेको ‘मेरो माया’ बोलको गीत पनि यसै साता रिलिज भयो । यो गीतले ६ दिनमा ३ हजार ५ सय भ्यूज बटुलेको छ ।

पल शाहका दैनिक भिडियो रिलिज हुँदा पछिल्लो समय उनी अभिनित भिडियोको भ्यूज कमजोर बन्दै गएको छ । हरेक दिन पललाई दर्शकले भिडियोमा देखिरहेका छन् । पलले यसरी भिडियोमा काम किन गरिरहेका छन्, यो उनलाई नै थाहा होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment