+
+
Shares

मुख्यमन्त्रीले नै गरे सरकारी निर्णयको उल्लंघन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते १९:५४

२६ असोज, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले २५ जनाभन्दा बढी भेला हुन, सभा समारोह गर्न रोक लगाएको छ । संक्रमणको जोखिमबाट बच्नका लागि भन्दै सरकारले आफू रहेकै स्थानबाट घरमै बसेर दसैं मनाउन आग्रह गरिरहेको छ ।

तर कोरोना हटस्पटको रुपमा चिनिएको पर्सामा भने मुख्यमन्त्रीकै उपस्थितिमा पार्टी प्रवेश र शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले ठोरी गाउँपालिका–५ स्थित सुवर्णपुरमा आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री एवं जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई लगायतको सहभागितामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा अतिथि नै २५ जनाभन्दा बढी सहभागी भएका थिए भने सहभागीहरु पनि उलेख्य थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने सामाजिक दूरी कायम गरी कार्यक्रम गर्न भनेको बताए । ‘कार्यक्रम सुरु हुनुभन्दा अघि र्‍याली समेत आयोजना गर्ने तयारीमा आयोजक थिए,’ प्रजिअ तामाङले भने, ‘हामीले अनुरोध गरेपछि र्‍यालीको आयोजना भएन ।’

जसपाका एक नेताले भने कार्यक्रममा सहभागी सबैले मास्क, हातमा पञ्जा लगाउनुका साथै सेनिटाइजरको प्रयोग गरेको दाबी गरेका छन् ।

जसपाले सोमबार नै पटेर्वा सुगौली गाउँपालिका–१ स्थित औराह रेञ्ज र सखुवा प्रसौनी गाउँपालिकाको महुवनमा पनि पार्टी प्रवेश तथा दसैं, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?