Comments Add Comment

अर्णव गोस्वामी विरुद्ध अदालत पुगे साहरुख, सलमानदेखि अजयसम्म

बलिउडका चर्चित चलचित्र कम्पनी तथा निर्माताहरुले केही टेलिभिजन च्यानल र सो च्यानलका प्रस्तोता विरुद्ध दिल्लीको उच्च न्यायलयमा मुद्दा दायर गरेका छन् ।

रिपब्लिक भारतका संचालक अर्णव गोस्वामी, प्रदिप भण्डारी, टाइम्स नाउका पत्रकार रवि शंकर र नविका कुमारको विरुद्ध दिल्लीको उच्च न्यायलयमा अपमानजनक टिप्पणी रोक्न माग गर्दै बलिउका चलचित्र निर्माण कम्पनी र कलाकारहरुले मुद्दा दायर गरेका हुन् ।

करण जोहर, साहरुख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्धाज, अजय देवगण, रोहित सेट्टी पिक्चर्स, यशराज फिल्मस्, विनोद चोपडा फिल्मस्, एक्सेल इन्टरटेन्मेन्टको साथमा सिने–टीवी आर्टिस्ट एसोसियसन, दि फिल्म एन्ड टीवी प्रोड्यूर्स काउन्सिल, स्क्रिन राइटर्स एसोसियसनले एकसाथ मिलेर दिल्लीको उच्च न्यायलयमा मुद्दा दायर गरेका हुन् ।

उनीहरुले बलिउड उद्योग र यो क्षेत्रमा काम गरिरहेका मानिसहरुप्रति गैरजिम्मेवारीपूर्ण टिप्पणी गर्दै मिडिया ट्रायल भएको आरोप लगाएका छन् । लामो समयपछि बलिउडका ठूला कम्पनी, कलाकारहरु एक भएका हुन् । बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका ठूला निर्माण कम्पनी, स्टार कलाकारका विरुद्ध मिडियामा अपमानजनक तरिकाले रिपोर्टहरु प्रस्तुत भएका थिए ।

सुशान्तको निधनपछि केही मिडियाले नायिका रिया चक्रवर्तीलाई दोषी देखाउने प्रयास गरेका थिए ।

सुशान्तको निधनपछि जोडिएको ड्रग्सको मुद्दामा करण जोहर, सलमान खान, साहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल, दिपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर जस्ता कलाकारको नाम समेत मिडियाले जोडेको थियो । मिडियाको यो ट्रायलले धेरै कलाकारको करिअरमा समेत धक्का पुग्यो ।

बलिउडमा कुनै बलिउडकर्मीको निधनपछि यति ठूलो हंगामा यस अगाडि भएको थिएन । यसपटक बलिउडकर्मीहरु नै एक अर्काको विरुद्धमा उत्रिएका थिए । नायिका कंगना रनावतसँग बलिउडका धेरै कलाकारको वाकयुद्ध नै देखिएको थियो ।

तर, बलिउड फेरि एकसाथ अगाडि देखिएको छ । यसको प्रमाण बलिउडका ३४ ठूला नामहरु एकसाथ अगाडि बढ्दै अदालत पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment