२७ असोज, काठमाडौं । रुपन्देहीमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।
लु.१ य ८ नम्बरको जिपले सिद्धार्थ नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफूल बेचीरहेको समयमा मल्लाहलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4