+
+
Shares

जावा मोटरसाइकल नेपालमा भर्चुअल माध्यमबाट सार्वजनिक हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १४:१८

२७ असोज, काठमाडौं । भारतमा ख्याती कमाउन सफल जावा बाइक आज (मंगलबार) नेपालमा जावा फेसबुक पेज नेपालबाट भरे साँझ ७ बजे सार्वजनिक हुँदैछ। यो लन्चिङको अनलाइन खबरसहितका अनलाइन पोर्टलमार्फत पनि सेयर गरिने छ।

भोलिदेखि टेकु काठमाडौ एवम् उत्तरढोका लाजिम्पाट सोरुम बाट यस्को बिक्री वितरण शुरु हुनेछ। यो जावा बाइक अग्नि ग्रुप अन्तरगत अग्नि मोटोइन्कले नेपाली बजारमा ल्याएको हो।

कम्पनीको विश्वास अनुसार जावा मोटरसाइकल चेकरिपब्लिकको erstwhile Czechoslovakia शहरमा ९० वर्षको इतिहास बोकेको ब्रान्ड हो। पुराना दिनहरूमा १२० वटा भन्दा बढी राष्ट्रमा क्लासिक, राम्रो इन्जिन क्षमता तथा एकदमै राम्रो डिजाइनका मोटरसाइकलहरु बिक्री तथा बितरण गरिरहेको छ।

१९६० को दशकमा यो बाइक भारतीय बजारमा प्रवेश गरेको थियो । यो बाइक निकै सुन्दर र बलियो भएकाले यसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। यसले ग्राहकहरुको मन मात्र नभएर सन्सार भरि निकै धेरै नाम कमाउन सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?