+
+
Shares

खाद्य ऐनविपरीत काम गर्ने २१ उद्योगविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १४:२५

२७, असोज, काठमाडौं । खाद्य ऐन विपरित काम गर्ने २१ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । उपभोक्ताको गुनासो तत्कालै सुन्न, चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुनेगरी खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई कारबाही थालिएको विभागले जनाएको छ ।

खाद्य ऐन विपरीत सञ्चालनमा रहेका दुई उद्योगको उत्पादन रोक्का गरिएको र २१ उद्योगविरुद्ध भने मुद्दा चलाइएको विभागका सहप्रवक्ता सन्तोष दाहालले जानकारी दिए । यस्तै अनुमति नलिई सञ्चालनमा ल्याइएको एक पानी उद्योग पनि सिल गरिएको दाहालले जानकारी दिए ।

ठूला चाडपर्वमा हुने भिडभाडमा उपभोक्ता नठगिउन भनेर विभागले खाद्य पदार्थको अनुगमनलाई तीब्रता दिएको पनि विभागले जनाएको छ । उपभोक्ताको गुनासो तत्कालै सुन्न ‘र्‍यापिड रेस्पोन्स टिम’ पनि कार्यान्वयनमा ल्याइएको दाहालले बताए ।

विभाग र मातहतका देशभरका कार्यालयहरुबाट तीन सय ९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएकोमा खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धी १५५ गरी ४३३ नमूना संकलन भएको विभागले जनाएको छ ।

प्राप्त नमूनाहरुको आधारमा परीक्षण गर्दा १४ वटा नमूनामा गुणस्तर कम पाइए पछि कारावाही गरिएको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?