Comments Add Comment

महिलाहरुले  प्याप स्मेयर टेस्ट गर्नैपर्छ ?

महिलाहरुमा पाठेघरको क्यान्सरको उच्च जोखिम हुन्छ । अतः पाठेघरको क्यान्सर पहिचान गर्न वा संभावित जोखिमबारे थाहा पाउनका लागि गरिने सस्तो, सरल र प्रभावकारी जाँच हो प्याप स्मेयर ।

चिकित्सकहरु भन्छन्, ४० बर्ष उमेर काटेका महिलाहरुले प्याप स्मेयर टेस्ट गर्नैपर्छ । यद्यपि यो एक पटक मात्र गरेर हुँदैन । बर्षमा एक पटक गर्न जरुरी छ । यसले संभावित रोगको जोखिमबाट बचाउँछ ।

महिलाको पाठेघरको मुखमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनको लागि यो परीक्षण आवश्यक हुन्छ । साथसाथै यौन रोगको संक्रमण छ कि छैन भनेर तथा यौन सम्पर्कबाट सर्ने रोगबारे पत्ता लगाउनको लागि पनि यो परीक्षण उपयोगी हुन्छ ।

प्याप स्मेयर टेष्टले क्यान्सर हुनु अगाडि नै पाठेघरको मुखमा रहेको असामान्य कोषिका पत्ता लगाउन मद्दत गर्ने हुदाँ क्यान्सर रोगको जोखिम कम गर्न पनि प्याप स्मेयर टेष्ट गर्न सुझाव दिइन्छ । २१ देखि ६५ वर्ष उमेरका महिला तथा २१ देखि २९ वर्ष उमेर समुहका महिलाहरुले पनि प्रत्येक तीन वर्षमा प्याप स्मेयर टेष्ट गर्न जरुरी छ ।

पहिले गरेको प्याप स्मेयर टेष्टमा कुनै किसिमको जटिलता उत्पन्न भएमा, एचआईभी भएमा तथा प्रतिरक्षा प्रणाली कमजोर भएमा चिकित्सकहरु प्याप स्मेयर टेष्ट गर्नुपर्छ । यस्तै, ६५  वर्ष उमेर पार गरेका महिलाको पाठेघर निकालेको छ भने उनीहरुको प्याप स्मेयर टेष्ट जरुरी छ ।

यद्यपि प्याप स्मेयर टेष्टका क्रममा क्यान्सरको कोषिका फेला पर्दै क्यान्सर नै हुन्छ भन्ने छैन । यसको लागि वायोप्सी गर्न जरुरी छ ।

कहिलेकाहीँ प्याप स्मेयर टेष्ट एचपीवी (ह्युमन पैपिलोमाभाइरस)को चेकजाँचका लागि पनि उपयोग गरिन्छ । एचपीवी एक प्रकारको भाइरस हो, जो कोशिकामा परिवर्तित भई क्यान्सर हुनसक्छ । पाठेघरको मुखको क्यान्सर हुनुमा एचपीवी प्रमुख कारण हुनसक्छ । किनकी एचपीवीबाट संक्रमित हुने व्यक्रिमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना उच्च हुने गर्छ ।

विश्वमा क्यान्सरका कारण महिलाको मृत्यु हुने मध्य पाठेघरको मुख्यको क्यान्सर चौथो कारण मानिन्छ । नियमित रुममा पेपनिकालाओ टेष्ट वा प्याप स्मयेर टेष्ट गर्नु पाठेघरको मुखको क्यान्सको पत्ता लगाउने सबैभन्दा राम्रो उपाय मानिन्छ । यसमा पाठेघरको मुखबाट लिईको कोशिकालाई माइक्रोस्कोपिक परीक्षण गरिन्छ ।

कसरी गराइन्छ ?

प्याप स्मेयर टेष्ट गर्दा विरामीलाई बेडमा सुताइन्छ । त्यसपछि नरम ब्रस तथा प्लाष्टिक स्पैटुलाको प्रयोगबाट चिकित्सकले पाठेघरको मुखमा भएको कोशिकालाई एकत्रित गरी त्यसलाई परीक्षणको लागि ल्याबमा पठाउने गर्दछन् । यो परीक्षण महिनावारी भएको समयमा भने गर्न मिल्दैन । जबकी महिनावारी भएको अन्तिम पाँच दिन पछि यो जाँच गर्न सकिन्छ ।

यस्तो  जाँच गर्दा यसको परिणाम पनि असामान्य तथा असामान्यगरी भिन्न–भिन्नै प्रकारको आउने गर्दछ ।

सामान्य प्याप स्मेयर

प्याप स्मेयरको नतिजा सामान्य आएमा त्यसले पाठेघरको मुखको कोषिका सामान्य रहेको जनाउ गर्छ । यद्यपी, चिकित्सकहरु उमेर तथा इतिहासको आधारमा तीन देखि पाँच वर्ष भित्रमा कम्तीमा एक पटक प्याप स्मेयर स्क्रिनिङ गर्न सल्लाह दिने गर्दछन् ।

कहिलेकाहीँ नमुना परीक्षणका क्रममा नमुनामा पर्याप्त कोषिका नभएका कारण तथा अन्य समस्याका कारण प्रयोगशालालाई उक्त परीक्षण गर्नमा कठिनाई हुने गर्छ । त्यस्तो बेला पुनः परीक्षण गर्नुपर्छ ।

असामान्य प्याप स्मेयर

पाठेघरको मुखमा असामान्य कोषिका भएको फेला परेमा पनि चिकित्सकहरु थप परिक्षण गर्न सल्लाह दिने गर्छन् । धेरै जसो अवस्थामा कोषिका असामान्य हुदैमा क्यान्सर नै हुन्छ भन्ने हुँदैन । तर समयमै उपचार नगरेको तथा सावधानी नअपनाएमा यस्ता कोषिका क्यान्सरको कोशिमा बद्लिने हुदाँ यस्ता असामान्य कोषिकालाई तुरुन्तै पहिना गरी उपचार गर्न आवश्यक छ ।

अपनाउनु पर्ने सावधानी ?

सामान्यतया, यो टेष्ट गरेको २४ देखि ४८ घण्टाभित्र शारीरिक सम्पर्क गर्न उचित हुँदैन । त्यसैगरी यौनाङ सम्बन्धित कुनै क्रिम प्रयोग गर्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment