Comments Add Comment

मिस यूनिभर्स नेपाल २०२० को लागि एपबाट आवेदन दिन सकिने

२८ असोज, काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत इच्छुक महिलाहरुलाई सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिका फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले ए.पि. वान एच् डिको कार्यक्रम “द नग्म्याटिक शोू मार्फत उक्त एप सार्वजनिक गरिन् ।

यस मिस यूनिभर्सका विजेताले १० लाख नगद उपहार प्राप्त श्रेष्ठले बताईन । नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहेको उनले बताईन ।

यस प्रतियोगितामा सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ । पछिल्लो ५ हजार प्रतियोगीका लागि १ हजार र देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको जनाइएको छ ।

प्रतियोगिताका लागि आवेदन तथादर्ताको घोषणा एक प्रत्यक्ष प्रसारित कार्यक्रममार्फत गरिएको थियो । उक्त कार्यक्रममा अथितिको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदानगर्नुभएको योगदानहरुलाई प्रस्तुत गरिएको थियो ।

यस प्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमानयाँ परिवर्तन समेत ल्याउने विश्वास गरिएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गकि विविधता मात्र नभई तौल, उचाइ तथा अन्य शारीरिक बनोटमा विविधत भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment