Comments Add Comment

हल खुलेपछि भारतमा फेरि चल्दैछन् यी हिट फिल्म

भारतका अधिकांश राज्यमा भोलीबाट हल खुल्दैछन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउँदै गर्दा कुन चलचित्र रिलिज हुन्छन् भन्ने पनि चर्चा चलिरहेको छ । फ्रेस चलचित्रको अभाव हुँदा सुरुवातमा हल संचालकहरुले पुरानै चलचित्र चलाउने तयारी गरेका छन् । केही समय अगाडि भारतका चर्चित चलचित्र निर्माताहरुले हल खुलेपछि आफ्नो चलचित्र विना शुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।

हल खुलेपछि ‘तान्हाजी, शुभ मंगल ज्यादा सावधान, मलंग, केदारनाथ, थप्पड’ लगायतका चलचित्र चल्ने पक्का भएको छ । अब, नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको चलचित्र ‘वार’ पनि हलमा चल्ने भएको छ ।
केही स्थानमा नायक टाइगर श्राफको चलचित्र ‘बाघी ३’ चलाउने तयारी पनि भैरहेको छ । यस्तै, डिजिटल प्लेटफर्ममा रिलिज भैसकेका ‘दिल वेचरा, सडक २, शकुन्तलादेवी, खुदा हाफीज, गुञ्जन सक्सेना, गुलाबो सिताबो’ लगायतका चलचित्रलाई पनि हलमा रिलिज गर्ने तयारी गरिएको छ ।

तर, भारतमा मुख्य मल्टिप्लेक्स हलहरुले भने यी चलचित्र चलाउन अस्विकार गरेका छन् । भारतमा फ्रेस रिलिजका रुपमा चलचित्र ‘८३’ क्रिसमसमा रिलिज हुनेछ । चलचित्र ‘सूर्यवंशी’ भने जनवरीदेखि मार्च महिना भित्र कुनै पनि दिनबाट चलाउने तयारी निर्माताले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment