Comments Add Comment

कोरोना संक्रमण बढेसँगै युरोपमा सामाजिक गतिविधिमा थप कडाइ

Photo Credit : GETTY IMAGES

२८ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै युरोपका विभिन्न मुलुकले सामाजिक गतिविधिमा कडाइ गर्न थालेका छन् । चेक गणतन्त्रले कोरोना संक्रमण बढेको भन्दै तीन साताको आंशिक लकडाउनको घोषणा गरेको छ । यससँगै चेक गणतन्त्रमा अब विद्यालय, बार र क्लबहरु बन्द हुनेछन् । रेष्टुरेन्ट पनि बन्द गरिएको छ भने सार्वजनिक स्थानमा मदिरा निषेध गरिएको छ । चेक गणतन्त्र युरोपमा नयाँ संक्रमण दर सबैभन्दा बढी रहेको मुलुक हो ।

नेदरल्याण्ड्समा पनि आंशिक लकडाउन घोषणा गरिएको छ । साथै घरभन्दा बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरिएको छ । यसैबीच युरोपका धेरै मुलुकका अस्पतालमा भर्ना हुने कोभिडका बिरामीको संख्या पनि बढ्दो क्रममा छ ।

फ्रान्सको राजधानी सहर पेरिसमा अस्पतालको ९० प्रतिशत आईसीयू आगामी साता भरिने आकलन गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले सामाजिक गतिविधिमा प्रतिबन्धका थप नियमको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।

त्यस्तै फ्रान्सकी चान्सलर एन्जेला मर्केलले युरोपमा बढ्दो क्रममा रहेको संक्रमणको अवस्थालाई गम्भीरतापूर्वक लिएको बताएकी छिन् । यसअघि बेलायतले पनि तीन तहको लकडाउनको घोषणा गरेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment