Comments Add Comment

नेपाल–अष्ट्रिया दुईपक्षीय वार्ता सम्पन्न

२८ असोज, काठमाडौं । नेपाल र अष्ट्रियाबीचको दुईपक्षीय परामर्श वैठक बुधबार सम्पन्न भएको छ ।

बैठकले समग्र दुईपक्षीय सम्बन्ध र सहकार्यका विभिन्न विषयहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय उर्जा, पर्यटनका क्षेत्रहरुमा सहकार्य बढाउने सहमति भएको छ ।

नेपाल र अष्ट्रिया दुबै हिमाली र भूपरिवेष्ठित मुलुक भएकाले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तनलगायतका अन्य विषयमा सहकार्य गर्ने सम्बन्धमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment