Comments Add Comment

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै कांग्रेसद्वारा भर्त्सना

२८ असोज, काठमाडौं । सर्लाहीमा बुधबार भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–७ का महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरेर घटनाको घोर निन्दा र भर्त्सना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइ एवं अन्य ३ महिला समेत घाइते भएका छन् ।’ प्रहरीले संघीय संसदका सदस्यद्वय नागेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहमाथि दुर्वयवहार गरेको कांग्रेसको आरोप छ ।

पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग समेत गरेको छ ।

ठूलो संख्यामा जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस कार्यकर्ताहरु कार्यालयभित्र जबरजस्ती प्रवेश गर्न खोज्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment