 
																			२९ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं-तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ ।
सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्व मा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो ।
बिहीबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सकेसम्म घरमै बसेर चाडपर्व मनाउन र घर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गरेका हुन् ।
साथै, दसैँका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाचलगायतका गतिविधि नगर्न आदेश जारी गरिएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका व्यक्तिहरुलाई पनि रिपोर्ट नआउन्जेल होम क्वारेन्टिनमै बस्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4