Comments Add Comment

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई १२ करोडको दमकल र प्रहरी भ्यान

२९ असोज, विराटनगर । ११ स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले करिब १२ करोड मूल्य बराबरको सवारी हस्तान्त्रण गरेको छ ।

बिहीबार मुख्यमन्त्री शेरधन राईले केन्द्र सञ्चालन हुने पालिकाकालाई ११ करोड ९५ लाख मूल्य बराबरका ११ वटा दमकल र ११ वटा प्रहरी भ्यान हस्तान्त्रण गरेका हुन् ।

प्रदेश सरकारले हस्तान्त्रण गरेको बरुण यन्त्र पाँच करोड ६७ लाख २० हजारमा खरिद गरिएको हो । प्रहरी भ्यान ६ करोड २८ लाख २७ हजार ४६० रुपौयाँको रहेको बताइएको छ ।

प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लाका एक-एक वटा स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्नेछ ।

पहिलो चरणमा ११ वटा पालिकालाई दमकल र प्रहरी भ्यान उपलब्ध गराएको सरकराले बाँकी तीनवटा पालिकालाई पनि केही समयपछि हस्तान्त्रण गर्ने जनाएको छ ।
१४ वटै केन्द्रलाई प्रदेश सरकारले दमकल, प्रहरी भ्यान, एम्बुलेन्स र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनेछ ।

सबै जिल्लाका एक-एक पालिकामा सेवा केन्द्र सञ्चालन गर्ने प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र  एकीकृत शान्ती सुरक्षा, विपद् र स्वास्थ सेवा सञ्चालन गर्नेछ ।

केन्द्र  सञ्चालनका लागि सम्बन्धित पालिकाको प्रमुखको अध्यक्षतामा समिति रहनेछ । केन्द्रमा रहेका सवारीको इन्धन र मर्मतको जिम्मा सम्बन्धित पालिकालाई दिइएको छ । केन्द्रका लागि जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ ।

बिहीबार मुख्यमन्त्री शेरधन राईले सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका , तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका , ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाई वरुण यन्त्र र प्रहरी भ्यान हस्तान्त्रण गरे ।

सवारीको साचो हस्तान्त्रण गर्दै मुख्यमन्त्री राईले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment