+
+
Shares

बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी खोसेर आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १६:०६

२९ असोज, काठमाडौं । मध्यबानेश्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

बैंकमा पुगेका एकजना सेवाग्राहीले सामान्य विवादमा सुरक्षा गार्ड रुद्रबहादुर मगरको खुकुरी खोसेर प्रहार गरेका हुन् ।

खुकुरी हान्ने व्यक्तिको खोजी भइरहेको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले अनलाइनखबरलाई बताए । उनका अनुसार सेवा प्रवाहको विषयमा झगडा भएको थियो ।

घाइते मगरको अहिले बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । ‘उहाँको हातमा चोट लागेको छ’, बस्नेतले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?