Comments Add Comment

ट्राभल विथ राजु लामा

राजु लामा, जसको नाम नै काफी छ । अतिरिक्त चिनारी नचाहिएला । एकताका सांगीतिक समूह ‘मंगोलिन हार्ट’ मार्फत गीत घन्काउँदै हिँड्ने उनी अहिले भने फरक अभियानमा जोडिएका छन् । अभियान हो, ट्राभल विथ राजु लामा ।

खासमा यो पदयात्रा सम्बन्धी अभियान हो । राजु भन्छन्, ‘यस अभियान अन्तर्गत नेपालको विभिन्न सात वटा गन्तव्यहरुमा सुरक्षाको सन्देशसहित यात्रा गर्नेछु । हिमाल, साँस्कृतिक जीवन, गाउँबस्ती, तीर्थस्थल, आदि यो अभियानको गन्तव्य बनाएको छु ।’ यसबाट आफुलाई मानव सभ्यता, जीवनशैली, संस्कृति, मौलिकताबारे प्रत्यक्ष साक्षतकार गर्ने अवसर प्राप्त हुने उनको अपेक्षा छ । ‘प्राकृतिक सुन्दरता त छँदैछ, त्यससँगै स्थानिय जनजीविकाबारे मलाई गहिरो रुची छ’ राजु भन्छन्, ‘भूगोल र समुदाय अनुसार हामीकहाँ जुन विविधता छ, त्यसले मलाई लोभ्याएको छ ।’

आफ्नो अभियानले आशिंक मात्रामा भएपनि स्थानिय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले आशा गरेका छन् । ‘मेरो लागि यो निकै महत्वपूर्ण छ’ उनी भन्छन्, ‘किनभने यही अभियानमार्फत म आम नेपाली र मेरा श्रोता एवं दर्शकमाझ जोडिनेछु ।’ यसरी यात्रा गर्ने क्रममा सात वटा गन्तव्यको ट्राभल भ्लग पनि बनाउने उनको योजना छ ।

उनी सुनाउँछन्, ‘यो महामारी सधै रहँदैन । त्यसैले तपाईं हाम्रो आशा, उर्जा र जोशलाई लकडाउन नगरौं, नयाँनयाँकार्य श्रृजना गरेर समय सदुपयोग गरौं साथै सुरक्षीतयात्रा गरेर नेपालको पर्यटनलाई उजागर पनिगर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment