Comments Add Comment

रेमडेसिभिर आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति

३० असोज, काठमाडौं । पछिल्लो समय कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न सरकारले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा नेपालका दुई कम्पनी यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेड छन् ।

कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment