Comments Add Comment

सामसङ नेपालद्वारा ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन विक्री प्रारम्भ

नेपालको विश्वासिलो ब्राण्ड सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।

अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिप सजिएको ग्यालेक्सी जेट फोल्ड२, विशेष तथा परिष्कृट डिजाइनले रि–इन्जिनियरिङ गरिएको छ जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृट डिस्प्ले अनुभन दिन्छ । यस्को डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । जुन सिएएम मेकानिज्म भित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ ।

ग्यालेक्सी जेट फोल्ड २, उत्कृष्ट र अर्थपूर्ण इनोभेसनले सजिएको छ जसले नयाँ फोल्डेबल अनुभव दिन्छ । यसमा भएको डुअल प्रिभ्यु एवं अडियो क्याप्चर सुविधाको साथ अभूतपूर्व क्यामराले जीवनका हरेक पलहरुलाई उत्कृष्टताको साथ कैद गर्न सकिन्छ । यसको डिजाइन नै भविष्यको आकारलाई परिवर्तन गर्ने खालको रहेको छ । साथै गेमिङ्गको जीवन्त अनुभव, अविश्वसनीय मल्टि टास्किङ्ग सुविधा एवं लङलास्टिङ्ग ब्याट्रिले वास्तवमै पृथक अनुभव प्रदान गर्ने छ ।

नयाँ परिष्कृत डिजाइन
ग्यालेक्सी जेट फोल्ड २ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको छ ।

इमरसिभ कन्टेन्ट एक्सपिरेन्स
ग्यालेक्सी जेट फोल्ड२, १५.७४ से मी (६.२ इन्च), इनफिनिटि–ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफुलाई मन परेको कन्टेन्ट मज्जाले हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।

चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधा

कभर र मेन स्क्रीन बीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगीता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ । यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीहरुको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्दछ ।

लचिलोपन

यसको फ्लेक्स मोडले गर्दा यस फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले तपाइँलाई क्यामरा लाई छोड्नु नै पर्दैन । तपाइँले स्पष्टसँग फोटो वा भिडियोहरुका मोस्ट रिसेन्ट पाँच वटा तस्वीर वा भडियो मेन स्क्रीनको तल पट्टी देखा पर्दछ र अर्को फोटोको प्रिभ्यू टप हाफमा देखा पर्दछ । ग्यालेक्सी जेट फोल्ड २ मा ह्याण्डस् फ्रिको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थमा पनि विषय निर्धारण गर्न सकिन्छ ।

सिर्जनशीलताको विशेष सुविधा

एकै समयमा मेन र कभर स्क्रिनको प्रयोगले ड्युयल प्रिभ्युको सुविधा प्राप्त हुन्छ र दुबै पक्षले क्याप्चर भएको कुरा देख्न सक्नुहुने छ । यसमा उच्चस्तरीय सेल्फी खिच्नको लागि कभर स्क्रीनमा भ्यूफइन्डरको रुपमा राखिएको छ ।

फ्ल्यागसिप क्यामरा फिचर

यस फोनमा विशेष तहको फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा विद्यमान रहेको छ । यसमा भएका प्रो भिडियो मोड, सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले ग्यालेक्सी जेट फोल्ड२ मा एकदमै उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

हरेक पल अविस्मरणीय 
नेक्स्ट जेनेरेसन मोबाइल ग्यालेक्सी जेट फोल्ड२ मा नवीनतम तरिकाबाट प्रयोग भएको मल्टिटास्किङ्ग क्षमतालाई हामी सबैले विशेष धन्यवाद नै दिनु पर्दछ । यस फोनको फोल्डेबल सुविधाले वास्तवमै मेन स्क्रीनलाई टेलरिङ्ग गरी ट्यावलेट आकारको बनाउन सकिने सुविधा प्रदान गर्दछ र प्रयोग कर्ताहरुले यसको भरपूर उपयोग गर्न सक्नुहुने छ ।

वृहत मल्टिटास्किङ्ग सुविधा

अझै धेरै सहजता एवं मल्टि टास्किङ्ग सुविधाको लागि एडभन्स मल्टि टास्किङ्ग विन्डोको प्रयोग गर्न सकिन्छ । एउटै एपमा मल्टि फाइलहरु खोलेर एकै पटक हेर्न र कार्य गर्न सकिने सुविधा यसमा रहेको छ । अझै राम्रोसँग सुधारिएको मल्टि टास्किङ्ग टे«मा प्रयोगकर्ताहरुले एकै पटक धेरै एपहरु खोलेर एप पियर तथा एज प्यानलमा एकै पटक इन्ट्रिगेसन गर्न सक्नुहुन्छ । यसमा भएको ड्र्याग एण्ड ड्रप सुविधाले एउटा एपको टेक्स्ट, इमेज, डकुमेन्ट जस्ता विषयवस्तुहरुलाई सहजै अर्को एपमा ट्रान्स्फर गर्न सकिन्छ । त्यस्तै एउटा एपमा स्क्रीन क्याप्चर गरेर त्यसरी क्याप्चर गरिएको इमेजलाई अर्को एपमा स्ल्पीट स्क्रिन क्याप्चरको माध्यमबाट सहजै ट्रान्स्फर गर्न सकिन्छ ।

अप्टिमाइज्ड एपको प्रयोग

मेन स्क्रिनमा आफ्नो आवश्यकता अनुसारका अप्टिमाइज्ड युुआईको छनौट गरेर सहज एवं शीघ्र रुपमा ठूलो स्क्रीन र परम्परागत स्क्रीन बीच परिवर्तन गर्न सकिन्छ ।

अप्टिमाइज्ड एप डिस्प्ले

दैनिक जीवनका हरेक क्षणहरुलाई अझै बढी सुविधा एवं सहजता प्रदान गर्न र दृश्यावलोकनको अनुभवलाई अझै जीवन्त दिन र ग्राहकवर्गहरुको मनपर्ने एपहरुको साथ जीमेल, युट्युव जस्ता एपहरु सहज रुपमा राखिएको छ । यसमा माइक्रो सफ्ट अफिस ३६५ को साथ मेन स्क्रीनले एउटा ट्यावलेटको अनुभव प्रदान गर्नेछ ।

प्रोडक्टिभिटिको अभिवृद्वि
ग्यालेक्सी जेट फोल्ड२ ४५०० एमएमएच ब्याट्री दिनभर टिक्छ र सुपर फास्ट चार्ज हुन्छ । ग्यालेक्सी जेट फोल्ड२ ले वायरलेस सामसुुङ डेसको सुविधा पनि दिन्छ जसले कामको प्रोडक्टिभिटिको अभिवृद्वि गर्दछ । डिभाइसमा रहेको यूडब्लुबी -अल्ट्रा वाइड ब्यान्ड टेक्नोलोजीले नियरबाई सेयर मार्फत छिटो र सहज फाइल, फोटो वा भिडियो सेयर गर्न सकिन्छ ।

मूल्य एवम् सुविधाहरु
ग्यालेक्सी जेट फोल्ड२ को मूल्य रु.२४९,९९९ रहेको छ । ग्यालेक्सी जेट फोल्ड२ २०७७ साल असोज २९ गतेदेखि नेपाल अधिराज्यभरका सामसङ ब्राण्ड स्टोरहरु तथा सलेक्टेड रिटेल स्टोर मार्फत् उपलब्ध गरिएको छ ।

ग्यालेक्सी जेट फोल्ड२ मिस्टिक व्ल्याक तथा मिस्टिक ब्रोन्ज गरी विभिन्न दुई रंगमा उपलब्ध रहेको छ । यो फोन खरिद गर्नुहुने ग्राहकलाई एक पटकको लागि एनएलजि इस्युरेन्स मार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment