Comments Add Comment

लुक्ला उडानमा झनै कडाइ, जुनसुकै गन्तब्यबाट जान पीसीआर नेगेटिभ अनिवार्य

१ कात्तिक, काठमाडौं । जुनसुकै स्थानबाट सोलुखुम्बुको लुक्ला जाने हवाई यात्रुहरुले कोरोना संक्रमण नभएको रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने भएको छ ।

यसअघि काठमाडौंबाट लुक्ला आउने यात्रुहरुका लागि मात्रै पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने नियम थियो ।

खुम्बु पासाङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले सबै एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई ७२ घण्टाभित्र परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट सुनिश्चित गरेर मात्रै लुक्ला आउन भनिएको जानकारी दिए ।

लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले सेवा दिँदै आएका छन् । लुक्लामा काठमाडौंका साथै, फाप्लु र मन्थलीबाट हवाई उडान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment