Comments Add Comment

भीडभाड छ भद्रकालीमा, बन्द छ मैतीदेवी

१ कात्तिक, काठमाडौं । आज बडादशैंको पहिलो दिन, शक्तिपीठहरुमा श्रद्धालुहरुको भीडभाड कायमै छ । अघिल्ला वर्षको तुलनामा कम भीड भए पनि कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरु शक्तिपीठ गएका छन् ।

काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठमध्येको एक भद्रकालीमा पूजा गर्नेहरुको भिड देखिन्छ । उनीहरु पूजा गर्नका लागि लामबद्ध भएर आफ्नो पालो कुरिरहेका छन् । यद्यपि उनीहरुले मास्क भने लगाएका छन् । घटस्थापनाको दिन भद्रकाली मन्दिर खुल्ला छ ।

अर्को शक्तिपीठ मैतिदेवी भने बन्द छ । मैतीदेवी मन्दिर परिसर बन्द भए पनि मानिसहरु पूजा सामग्रीसहित पुगेका छन् । उनीहरुले गेट बाहिरैबाट दूर्गा पूजाको औपचारिकता पूरा गरेका छन् ।

यसअघि मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका सचिव राजाराम कपालीले घटस्थापनाको दिनदेखि मन्दिर खुल्ने बताएका थिए । दशैंको बेला विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले मन्दिर खुला गर्ने उनको भनाइ थियो ।

तर सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै शक्तिपीठ खोल्ने निर्णय गरेको छैन । भक्तालुका लागि मन्दिर नखोलिए पनि नित्य पूजा भने हुने बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment