Comments Add Comment

कोरोनाबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु

१ कात्तिक, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

सूर्याेदय नगरपालिका- १२ की उनलाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

आफन्तले भने विराटनगरका अन्य अस्पतालमा भर्ना गराउन खोजे । तर बेड नभेटिएपछि घर लैजादै गर्दा बाटोमा मृत्यु भएको सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट धनराज यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment