Comments Add Comment

सिटिजन्समा गाभिने भयो तिनाउ मिसन

२ कात्तिक, काठमाडौं । प्रदेश नम्बर ५ को बुटवलमा रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिने भएको छ । शनिबार साझ बुटवलमा आयोजित एक कार्यक्रमकाबीच यि दुई बैंकबीच प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा सिटिजन्सका तर्फबाट प्रवल जंग पाण्डे र तिनाउ मिसनका तर्फबाट राजेन्द्र प्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरे । पाण्डे र ओझा आआफ्नो बैंकका मर्जर समितिका संयोजक हुन् ।

२०७७ कार्तिक २ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुनेछ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुनेछ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment