Comments Add Comment

न्यादी फिदी जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने

२ कात्तिक, काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा चार वटा बैंकले लगानी गर्ने भएका छन् ।

नर्थ समिट हाइड्रो प्रालिले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो ।

लगानी सम्झौतापछि आयोजनामा बैंकहरुको तर्फबाट हुने ऋण लगानी ७५ प्रतिशत पुगेको आयोजनाका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले जानकारी दिए । यस्तै शेयरधनीहरुको तर्फबाट २५ प्रतिशतले हुन आउने रकम भने शेयर लगानी हुने कम्पनीले जनाएको छ । लगानी सम्झौतापछि बैंक र सर्वसाधारणको शेयरसमेत गरेर आयोजनाको कुल लगानी ४ अर्ब ११ करोड पुगेको छ ।

आयोजनाको लागि पहँुच मार्ग निर्माणको काम गत वर्षदेखि नै जारी छ । तीन वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको तादीकुना (खुदी) सबस्टेसनवाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment