Comments Add Comment

मोरङमा सोमबारदेखि दसैं लक्षित निषेधाज्ञा

२ कात्तिक, काठमाडौं । मोरङमा सोमबारदेखि लागू हुने गरी दसैं लक्षित निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखेर कात्तिक १५ गते राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

जिल्लाभरका मठ, मन्दिर, शक्तिपीठ, मस्जि, गुम्बा, चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा भेला भएर पूजा नगर्न, सामूहिक रूपमा भजन–कीर्तन, रथयात्रा, कलश यात्रा नगर्न, बली पूजा एवं मूर्ति विसर्जन रोक लगाउने निर्णय भएको उनले बताए ।

चाडपर्वको अवसरमा सामूहिक रुपमा भेला भएर गरिने शुभकामना आदान प्रदान, चियापान जस्ता कार्यक्रमहरु गर्न समेत रोक लगाएको उनले बताए ।

यस्तै गरी सामूहिक रुपमा आयोजना गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा, सम्मेलन जस्ता कार्यक्रम समेत गर्न प्रशासनले रोक लगाएको छ । राजमार्गमाबाहेक राति ८ बजेदेखि ५ बजेसम्म आवजजावत गर्न समेत प्रशासनले रोक लगाएको छ ।

प्रशासनले जारी गरेको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment