+
+

कुखुराको खोरमा कौडा खेलिरहेका १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १०:३३

३ कात्तिक, गोरखा । गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट १२ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे कुखुराको खोरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट करिब डेढ लाख नगद र ३९ वटा कौडा बरामद गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए । उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

चाडबाड नजिकिएसँगै जुवातास नियन्त्रणका लागि निगरानी बढाइएको गोरखा प्रहरीले जनाएको छ । जुवातास नखेल्न आग्रह गर्दै प्रहरीले खेलेको पाइएमा कानून अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?