Comments Add Comment

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

३ कात्तिक, जनकपुरधाम । सिराहा प्रहरीले एक क्विन्टल लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मिर्चेया नगरपालिका-१ मनहर्वास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना.५ त.१४ नम्बरको ट्याक्टरलाई आइतबार राति चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको प्रहीले जनाएको छ ।

५ पोका ठूलो र २ पोका सानो प्लाष्टिकको बोरामा राखिएको उक्त गाँजा फेला परेपछि ट्याक्टर चालक मिर्चैया नगरपालिका-१ बस्ने १९ वर्षीय सुन्दर कापर र सह चालक सोही ठाउँका २६ वर्षीय जितेन्द्र महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

लागूऔषध गाँजासहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागूऔषध गाँजा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment