Comments Add Comment

चीनको अर्थतन्त्रमा निरन्तर सुधार

३ कात्तकि, काठमाडौं । सन् २०२० को तेस्रो त्रैमासमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले बढेको छ ।

यसअघि दोस्रो त्रैमासमा चीनको जीडीपी ३.२ प्रतिशतले बढेको थियो । यद्यपि वर्षको पहिलो त्रैमासमा भने चीनका जीडीपी ६.८ प्रतिशतले घटेको थियो ।

कोरोनाको महामारीको कारण पहिलो त्रैमासमा आर्थिक गिरावटको सामना गरे पनि त्यसयता भने चीनको अर्थतन्त्रमा निरन्तरको सुधार देखिएको हो ।

सोमबार चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स -एनओएस)ले दिएको जानकारीअनुसार सन् २०२० को सुरुआती नौ महिनामा चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले बढेको छ ।

पछिल्लो समय चीनको विभिन्न आर्थिक सूचकहरुमा पनि निरन्तर सुधार आइरहेको देखिएको छ । गत सेप्टेम्बर महिनाको तथ्यांकअनुसार चीनको निर्यात ९.९ प्रतिशत बढेको थियो भने आयातमा पनि १३.२ प्रतिशतको वृद्धिदर हासिल भएको थियो । यसले पनि व्यापारको हिसाबमा चीन लयमा फर्किन थालेको देखाएको छ ।

विश्लेषकहरुका अनुसार पछिल्लो समय चीनको आन्तरिक खपत पनि बढेकाले त्यसको सकारात्मक असर अर्थतन्त्रमा देखिएको हो ।

टोकियोको एक रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री योशिकियो सिमामाइनले भने, ‘निर्यातमा देखिएको उल्लेख्य वृद्धिको कारण चीनको अर्थतन्त्र अहिले सुधारको बाटोमा अघि बढिरहेको छ ।’

यद्यपि कोरोनाको महामारीको कारण कमजोर बनेको चीनको अर्थतन्त्र पूर्णरुपमा समस्याबट बाहिर आयो भन्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ ।
स्रोत ः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment