+
+
Shares

भारतमा पछिल्लो २४ घण्टामा भेटिए जुलाईयताकै सबैभन्दा कम संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते ११:४१

४ कात्तिक, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा गत जुलाई २३ यताकै सबैभन्दा कम नयाँ संक्रमित फेला परेका छन् । मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९१ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या गत जुलाई २३ यताकै कम हो ।

यसअघि गत जुलाई २३ मा ४५ हजार ७२० नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै गत सेप्टेम्बर १७ मा सबैभन्दा बढी करिब ९८ हजार नयाँ संक्रमित फेला परेका थिए । तर, त्यसयता भने निरन्तर नयाँ संक्रमित संख्यामा कमी आइरहेको छ । अहिलेसम्म भारतमा कोरोनाका ७५ लाख ९७ हजार ६४ संक्रमित भेटिएका छन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख १५ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५८७ जनाको मृत्यु भएको हो । अघिल्लो २४ घण्टामा भारतमा ५७९ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

अहिलेसम्म भारतमा कोरोनाका ६७ लाख ३३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?