
४ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएका हुन् ।
नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।
सोमबार एक अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ ।
दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् ।
जस अनुसार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4