+
+
Shares

पीपीई लगाएर पचली भैरवको जात्रा (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ कात्तिक ४ गते १७:३५

४ कात्तिक, काठमाडौं । मंगलबार काठमाडौंको टेकुस्थित पचली भैरवको जात्रामा सहभागीहरु कोरोना भाइरसबाट जोगिन व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित देखिए ।

भैरवको रथ बोक्ने सबैले पहेँलो रङको पीपीई लगाएका थिए । कोरोना भाइरसको महामारीका कारण जात्रा, मेलामा धेरै सहभागी हुन प्रशासनले कडाइ गरेको छ ।

जात्रामा सहभागी सबैले मास्क र भाइजरसमेत लगाएका थिए । तर मानिसहरुको ठूलो संख्या कारण भौतिक दूरी भने कायम थिएन ।

काठमाडौं टेकुको पचली भैरव जात्रा नेवार समुदायको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । जात्रा सम्पन्न हुने दिनलाई नेपाल भाषामा ‘पचिमह्र’ भनिन्छ । पचली भैरवको जात्राले पचली पीठ, टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु, हनुमानध्वाखा, दलाछी, ब्रम्हत्वाः, श्वेतभैरव, यंगाः द्यःछेँ परिक्रमा गर्ने प्रचलन छ ।

पचिमह्रः अर्थात पञ्चमीका दिन जात्रा गरिने यो भैरव नेवार समाजभित्र विशेष गरी ज्यापु तथा मल्ल जातिबाट पुर्खादेखि सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?